तस्बिरमा अलग अभियान विशेष शृङ्खला २०७९

८ असोज, ललितपुर । अलग अभियानको विशेष शृङ्खला २०७९ सम्पन्न भएको छ । विशेष शृङ्खलामा शान्ति सिन्जाली, गङ्गा लिम्बु, रेश्मी मगर, अनमोल सेवा, सन्देश पौडेल, बिनुता राई, अपेक्षा राई, विक्रम राई, ममिता राई, आरसी चौधरी, अनुपा चौधरी, केदार अनुरागी, राजकुमार समाल र राधा राईले साङ्गीतिक प्रस्तुति दिए भने होमा आचार्य, उत्तम लिम्बु, अर्जुन बाराहाली, नाकिम, स्वप्निल स्मृति र ललिता दोषीले कविता पस्किए । कार्यक्रमको अन्त्यमा बरिष्ठ कवि भूपाल राईको विशेष कविता वाचन रहेको थियो । वाद्यवादनतर्फ मण्डल साम्पाङले हार्मोनियम, राजकुमार समालले गिटार, बद्री सेवाले अक्टोप्याड, रमेश सुवेदीले किबोर्ड र केदार अनुरागीले तबलमा साथ दिएका थिए ।

 

Facebook Comments