पहिचान पुरस्कार २०७८ का लागि उत्कृष्ट ६ पुस्तक छनाैट

२५ असाेज । पहिचान पुरस्कार कोषले २०७८ का लागि उत्कृष्ट ६ वटा पुस्तकहरु छनोट गरेको छ । उत्कृष्ट ६ मा ‘महाभारा’ (बसन्त बस्नेत), ‘चिबेचरा’ ( केशव सिलवाल), ‘गुरु’ (कविता राई), ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ (अर्जुनबाबु माबोहाङ र अमित थेवे), ‘ताल्चा’ (दिलीप बान्तावा) र ‘दुङाल’ (मालीका केशरी) रहेका छन् ।

यसअघि ७ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ भने पहिचान सम्मानबाट लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र सङ्‍ग्रौला सम्मानित भएका छन् । राजन मुकारुङकृत निबन्ध सङ‍्ग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङकृत कविताकृति ‘गोयङको सुगन्ध’, यज्ञशकृत कथा सङ‍्ग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाकृत उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता स‍ङ्ग्रह ‘आफर’लाई संयुक्त रुपमा प्रदान गरिएकाे छ । त्यसैगरी श्याम शाहको कथा सङ‍्ग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई पनि संयुक्त रुपमा पहिचान पुरस्कार प्रदान गरिएको छ । पुरकस्कार राशी ४,०२,००२ (अक्षरेपी चार लाख दुई हजार दुई रुपैयाँ) रहेको छ । प्रत्येक वर्ष पहिचान पुरस्कारको घोषणा पुस महिना हुने कोषले जनाएको छ ।

Facebook Comments