मञ्जुलकृत ‘कामी’ विमाेचित

१२ कात्तिक । नेपाली साहित्य समाज, उर्लाबारीको आयोजनामा मञ्जुल मितेरीकृत ‘कामी’ कविताकृति लोकार्पण भएको छ । कृतिमाथि डा. भीम खतिवडा र मिश्र वैजयन्तीले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो भने कवि रोशन परियारले कृतिमा उठेका विषयले कसरी समाजको अवस्थालाई संवोधन गरेको छ भन्ने बारे प्रष्ट पार्नुभएको थियो । भरत गुरागाईं ‘वरवरिक’, सुन्दर कुरुप, मनोज विश्वकर्मा र गगन योक्पाङ्देनले कविता सङ्ग्रहमा समावेश भएका कवितामध्ये केही प्रतिनिधि कविता वाचन गर्नु भएको थियो ।

कविता सङ्ग्रह ‘कामी’ ‘विद्रोहको शान्त तर अत्यन्तै गम्भीर र बुलन्द आवाज हो’ भन्ने वक्ताहरूको निष्कर्ष थियो । कृति विमोचन समारोहमा कृतिका सर्जक मञ्जुल मितेरी, जापानमा यो सताब्दीभित्र संसारमै बनेका ढुङ्गाका मूर्तिमध्ये सबैभन्दा ठूलो बुद्धमूर्ति निर्माण कार्य सम्पन्न गरेर नेपाल आएको उपलक्षमा नेपाली साहित्य समाजले उहाँलाई सम्मान समेत गरेको थियो ।

संस्थाका अध्यक्ष यज्ञ परिश्रमीको अध्यक्षतामा भएको कृति विमोचन समारोहमा अग्रज कवि कुन्ता शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव अज्ञात दधिले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका सचिव युबराज काफ्ले ‘ई वान’ले राख्नु भएको भने शुभकामना मन्तव्य प्राज्ञ देवी नेपालले राख्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ निबन्धकार युवराज नयाँघरे, अग्रज कवि गीतकार, शिवशङ्कर थापा, अग्रज गायक सङ्‍गीतकार एल.पी. जोशी, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेम अधिकारी, बेलबारी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी, उपन्यासकार युग पाठक, प्रकाश बुढाथोकी, मुनराज शेर्मा, बद्रि भिखारी, विवश बलिभद्र कोइराला, शिवरेग्मी प्रणत, लिला अनमोल, विष्णु न्यौपाने, धनजित पराजुली, तिला लेकाली, गङ्गा सुवेदी, रमेश भट्टराई, दिपक सुवेदी, एन.बी. दाहाल, विराट किराती, हेमन यात्री, अनिल पौडेल, टीका आत्रेय, विराट अनुपम, गौरभ दर्पण, विष्णु धिताल, हिमान्सु राय, विशाल राई, यशोदा शाक्य, विन्दु दाहाल मुकदर्शक, प्रकाश दिपसाली, शिशिर भट्टराई, श्रृष्टी हिङ्माङ लगायतका स्रष्टाहरूको भव्य उपस्थिति रहेको थियो ।

Facebook Comments