खोटाङमा किरात प्रदेशबारे अन्तरक्रिया

कात्तिक १५, खोटाङ । आसन्न निर्वाचनमा खोटाङ जिल्लाबाट सङ्घ र प्रदेशका उम्मेद्वारहरूसँग किरात राई यायोक्खाले यायोक्खाको माग र मुद्दाबारे जानकारी गराउँदै ज्ञापनपत्र बुझाउनुका साथै अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा सङ्घका उम्मेद्वारहरू प्रत्यक्षतर्फ बाम लोकतान्त्रिक गठबन्धनकातर्फका रामकुमार ‘पासाङ’, जसपाका डा. केके राई र तेजममाया दुमी (समानुपातिक), त्यस्तै प्रदेशसभा अन्तर्गतका उम्मेद्वारहरू वीरबलकाजी राई (बाम लोकतान्त्रिक समूह), जसपाबाट प्रदेशसभा उम्मेद्वारहरू राकेश राई ‘ख’ र प्रेम भुसुरी ‘क’ का साथै प्रदेश सभामा समानुपातिक तर्फबाट कमला राई (नेपाली काङ्ग्रेस), सङ्गीता राई (नेकपा एस) को सहभागिता रहेको थियो । उपस्थित उम्मेद्वारहरुलाई किरायाको तर्फबाट ज्ञापनपत्र बुझाउनुका साथै उम्मेद्वारहरूले प्रदेशको नामकरण लगायतको विषयमा आफ्नो विचार व्यक्त गरेका थिए । अन्तरक्रियामा सहभागीहरूले उम्मेद्वारहरूलाई विभिन्न प्रश्न राखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई लगायत सामाजिक, राजनीतिक व्यक्तिव्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
उम्मेदवारहरूसँगको अन्तरक्रिया पश्चात् दोस्रो चरणमा साङ्गठनिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । साङ्गठनिक अभिमुखीकरणमा जिल्लास्थित ८ गाउँनगर समिति, भाषिक र भातृ संस्थाका पदाधिकारी र सदस्यहरूको सहभागीता रहेको थियो ।

तस्बिरहरु : जनक राई

Facebook Comments