अलगमा ‘नातिकाजी स्मृति कार्यक्रम’ हुने

१७ कात्तिक, ललितपुर । अलग आर्ट हबले लोकप्रिय एवम् बरिष्ठ सङ्गीतकार नातिकाजीको स्मृति कार्यक्रम आयोजना गर्दैछ । कात्तिक १९ गते दिनको दुई बजे ललितपुरको सातदोबाटोस्थित आर्ट हबको हलमा सुरु हुने कार्यक्रममा आर्ट हबका विद्यार्थीहरुले लाइभ वाद्यवादनसहित नातिकाजीद्वारा सङ्गीतवद्ध कालजयी गीतहरु प्रस्तुत गर्नेछन् । अलग अार्ट हबले दिवङ्गत स्रष्टाहरुकाे सम्मान र सम्झनामा स्मृति कार्यक्रम अायाेजना गर्दै अाएकाे छ ।

Facebook Comments