अलगमा गुन्जियाे नातिकाजीका सङ्‍गीतहरु (फाेटाे फिचर)

ललितपुर । अलग आर्ट हबले लोकप्रिय एवम् बरिष्ठ सङ्गीतकार नातिकाजीको स्मृतिमा कार्यक्रम आयोजना गरेकाे छ ।

ललितपुरको सातदोबाटोस्थित आर्ट हबको हलमा भएकाे कार्यक्रममा आर्ट हबका विद्यार्थीहरु अनमोल सेवा, सृष्टी लामा, सारदा सुनुवार, देवी शाह, मिलन राई, पवन राई, ममिता राई, शुक्रराम महर्जन, बिक्रान्त केसी, निसा राई, एलिना उदास, शान्ति सिन्जाली मगर, मधु केसी, गङ्गा लिम्बु, आरसी चौधरी लगायतले लाइभ वाद्यवादनसहित नातिकाजीद्वारा सङ्गीतवद्ध कालजयी गीतहरु प्रस्तुत गरेका थिए । गायकगायिकाहरुलाई वाद्यवादनमा मण्डल साम्पाङले हार्माेनियम, बद्री सेवा अक्टाेप्याड, रमेश सुवेदी किबाेर्ड र बिक्रान्त केसीले तबलामा साथ दिएका थिए । कार्यक्रम सञ्चालन भने शान्ति सिन्जाली मगरले गरेकी थिइन् ।

अलग अार्ट हबले दिवङ्गत स्रष्टाहरुकाे सम्मान र सम्झनामा स्मृति कार्यक्रम अायाेजना गर्दै अाएकाे छ ।

(फाेटाेहरु : एलिना उदास)

Facebook Comments