१२ नाेमेम्बरमा ‘राजेश पायल राई लाइभ इन युके विथ ब्यान्ड’ सम्पन्न हुने

बेलायत । किरात राई यायोक्खा बेलायतले नेमेम्बर १२ का दिन युकेकाे अल्डरसटस्थित इम्पायर हलमा सर्वप्रिय गायक ‘राजेश पायल राई लाइभ इन युके विथ ब्यान्ड’ सम्पन्न गर्दैछ ।

कार्यक्रमका सङ्गीत संयोजक गङ्गाराज राईका अनुसार गायक राईले कार्यक्रममा आफ्ना २२ वटा लोकप्रिय गीतहरु लाइभ वाद्यवादनसहित प्रस्तुत गर्नेछन् ।

वाद्यवादनतर्फ किबोर्डमा थिर थापा, तबलामा महेश गुरुङ, बाँसुरीमा इन्द्र गुरुङ, लिड गिटारमा सुरज गुरुङ, बेस गिटारमा होइसेर तामाङ, ड्रममा प्रभास गुरुङ, ढोलकमा रशम पाचे र रिदममा विकल थापा रहेका छन् ।

कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भएकाे र सफलतापूर्ण सम्पन्न हुनेमा विश्वस्त रहेकाे कार्यक्रम संयाेजक क्याप्टेन सुमनचन्द्र राईले बताए ।

 

Facebook Comments