आमाको सपना

रुपन राई

घाम पानीलाई ओत हाली
दुःख सुखलाई अङ्गाली
हुर्काइन् आज तिमीलाई
तिमी हौ सपना ! आमाको सपना !

ममतामयी दूधले सिन्ची हुर्केकी तिमी
मायामा फुलेकी सुन्दर सपनाको फूल तिमी
छातीको ओतमा हातको सहारामा हुर्केकी
तिमी हौ सपना ! आमाको सपना !

आँसु बोल्छ हाँसो बोल्छ प्यारो अङ्गालोमा
बग्नु हुन्न अधमसँगै जिन्दगीको भङ्गालोमा
सुन्दर फूल हौ, फुलेको मायाको फूलबारीमा
तिमी हौ सपना ! आमाको सपना !

Facebook Comments