बिसीकाे ‘मौरी है बस्यो’मा अनुसा र कमल (भिडियाे)

गायक तथा सङ्गीतकार बिसी राईले गीति एल्बम ‘स्वरसङ्गीत’बाट ‘मौरी है बस्यो’ गीतको भिडियो सार्वजनिक गरेका छन् । किरण चाम्लिङले निर्देशन गरेको भिडियोमा अनुसा राई र कमल सिंको अभिनय रहेको छ । दिपन कुमार श्रेष्ठको शब्द रहेको यस गीतमा दिनेश काजी बान्तावाले सङ्गीत भरेका हुन् भने सङ्गीत संयोजन गायक स्वयम्ले गरेका हुन् ।

पछिल्लो समय युकेमा रहेर सङ्गीतकर्म गरिरहेका गायक बिसी राईको ‘स्वरसङ्गीत’ नविनतम गीति एल्बम हो जसमा दिनेश बान्तावाको एकल सङ्गीत रहेको छ ।

Facebook Comments