• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, माघ ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

आज देखि सिमबजारमा एक घर एक धारा सञ्चालनमा


  •   मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट ११ सिम बजारमा आजदेखि एक घर एक धारा सञ्चालनमा आएका छन्। सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना आठबिसकोट वास इकाई द्वारा सञ्चालित सिमबजार खानेपानी आयोजना अन्तर्गत आज मंगलबार खानेपानीको धारा खोलेर उद्घाटन गरिएको हो ।

    Advertisement

    वास इकाइको तेस्रो सार्वजनिक परिक्षण तथा अनुगमन सँगै खानेपानीको एक घर एक धारा सञ्चालनमा आएका हुन्। आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले एक औपचारिक कार्यक्रमका बिच खानेपानीको धारा खोलेर उद्घाटन गरेका हुन्। कार्यक्रमका प्रमुख अथिति प्रमुख केसीले भने, “सबै नागरिकलाई सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्यसहित योजना अगाडि बढाएका छौं। जहाँ पहिलो सफलता सिमबजार बाट भएको छ, । अनुगमन सँगै सुधारको प्रक्रिया अघि बढाइँदैछ।” यसले दिगोपनाको काम गर्छ ।

    वर्षौँ देखि खानेपानीको समस्या झेल्दै आएका सिमबजार बासीले अब खानेपानीमा सास्ती भोग्नु नपर्ने केसीले बताए । खानेपानी लाई दिगो बनाउन नगरपालिकाले योजना सम्पन्न गरिसकेपछि जिम्मेवारी उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने हुंदा त्यसपछि धारा सञ्चालन, मर्मत व्यवस्थापन र मर्मत सम्भार कोष भएकाले आयोजनामा आउने समस्याहरु उपभोक्ताहरुकै जिम्मामा भएकाले त्यसको निगरानी गर्नुपर्ने बताए ।

    उक्त आयोजनामा एक घर एक धारा मार्फत ९९ वटा धारा निर्माण भएका छन्। निर्माण सम्पन्न पछि आजदेखि सिमबजारका घरघरका धारामा खानेपानी आएको छ । सो आयोजनामा ९० लाख ८६ हजार २ सय ७रुपैयाँ लागत बमोजिम उपभोक्ता समितिले नगरपालिका सँग सम्झौता गरि सुरु भएको आयोजना काम सम्पन्न भैसक्दा सम्म कामको खुद लागत ७५ लाख ८२ हजार ९ सय ४३ रुपैयाँ मा आयोजना सम्पन्न भएको प्राविधिक सहजकर्ता बिरेन्द्र बटालाले जानकारी दिए। नगरपालिका भित्र एक घर धारा अन्तर्गत ४ सय ३ वटा धारा निर्माण भैसकेको बटालाले बताए ।

    धारा उद्घाटन कार्यक्रम तथा तेस्रो सार्वजनिक परिक्षणमा नगरप्रमुख रवि केसी, उपप्रमुख धन कुमारी शाही, बरिष्ठ शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्ट, वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ , प्रशासन शाखा प्रमुख सातौं अधिकृत नेत्र नारायण भण्डारी, वास संयोजक नरेन्द्र केसी, प्राविधिक शाखा प्रमुख कमल बिसी , योजना शाखा अधिकृत जंग बहादुर थामी लगायतको उपस्थिति रहेको कार्यक्रमको सामाजिक परिचालक बसन्त चन्दले सञ्चालन गरेका थिए ।

    मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन
    के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?
    कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

    भर्खरै

    • १.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • २.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ३.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ४.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    • ७.
      अन्तत दलविहीन बने देउवा

    • ८.
      गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.